नियम १४
बजेट समिति
ऐनको दफा ९ को उपदफा (५) बमोजिम केन्द्रीय निकायको कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी कार्यको समन्वय गर्न तथा खर्चको मापदण्ड निर्धारण गर्न देहाय बमोजिमको बजेट समिति रहनेछः-
(क) लेखा उत्तरदायी अधिकृत वा निजले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत - अध्यक्ष (ख) प्रमुख, योजना तथा बजेट महाशाखा - सदस्य
(ग) विभागीय प्रमुख, मातहत विभाग - सदस्य
(घ) प्रमुख, आर्थिक प्रशासन शाखा - सदस्य
(ङ) प्रमुख, योजना शाखा - सदस्य-सचिव